जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा काहुँडाडाँमा लागेको आगो नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ११ काहुँडाँडामा सोमबार राति लागेको आगलागी नियन्त्रणमा आएको छ । काहुँडाडामा सोमबार राति जंगलमा लागेको आगो नियन्त्रणमा आएको कास्की डिएसपी श्रवणकुमार विकले बताए ।

उनले अझै पनि केही स्थानमा आगो बलिरहेको उल्लेख गरे । बस्तीमा आगोआउने जोखिम भने टरेको विकको भनाई छ । आगोलागिबाट बस्तीमा भने कुनै क्षती नपुेको उनको भनाई छ । आगो नियन्त्रणमा लिन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानिय लागेका थिए ।

बस्तीमा आगो आउन नदिन अग्नि रेखा बताएका कारण आगोबस्ती सम्म आउन नसकेको उनको भनाई छ । राति लागेको आगोका कारण अहिले पोखराको उत्तर पुर्वि क्षेत्र धुवाले ढाकीएको छ भने धुवाको गन्ध पोखराको मुख्य बजार सम्म आएको छ ।

जंगलमा बलिरहेको आगो बस्तीमा आउने जोखिमलाई ध्यानमा राख्दै पोखरा महानगरले दमकल सहितको टोली खटिएको थियो । सोमबार मात्रै पोखराका ८ ठाउँमा आगोलागी भएको थियो ।