जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा अल्ट्राइलाइट उडानमा १५ प्रतिशत छुट

जन्मभुमि खबर ,
पोखरा ।

पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिको अवसरमा प्रत्येक उडानमा छुट दिएको छ।

कम्पनीले आइतबारदेखि मंगलबारसम्म अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिइरहेको छ।

जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिएको छ।

अल्ट्रालाइट अन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेजदर क्रमश: १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय २० रूपैयाँ निर्धारण हुँदै आएको छ।

साहसिक पर्यटकीय गतिविधि अन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत् यात्रुले पोखरा सहर, माछापुच्छ्रे, कपुचे ताल, अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन्।

पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ।

१०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ।

पोखरामा सन् १९९७ बाट अल्ट्रा लाइट उडान सेवा सुरू भएको हो। आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो।