जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १७ बिरौटामा एस.आर.मार्ट प्रालिको शाखा स्टोर सञ्चालनमा ।

चैत११।पोखरा१७ घारिपाटनमा स्थापना भएको एस.आर.मार्ट प्रालिको शाखा स्टोर सञ्चालनमा ल्याएका छन् । प ए.आर. मार्टको पहिलो शाखा बिरौटामा सञ्चालनमा आएको हो ।
चैत ११ गते फागु पूर्णिमाको अवसरमा मार्टको औपचारिक शुभारम्भ गरिएको हो । मार्टबाट दैनिक उपभोग्य, ग्रोसरी तथा खाद्यान्न लगायत सामग्री बिक्री वितरण सुरु भएको छ ।
मार्टले होम डेलिभरी सुविधासमेत पोखरा भर उपलब्ध गराउँदै आइरहेको छ । होलसेल मूल्यमा सामानहरु उपलब्ध रहेको सन्चालक भुवाइले बताए ।
‘अहिले हामीले दुई वटा आउटलेटबाट सेवा सञ्चालन गरिरहेका छौं । ग्राहकको सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा अन्य स्थान हरुमा पनि स्टोर बिस्तार गरिनेछ,’ उनले भने ।
सपिङमा ग्राहकहरुको बदलिदो शैलीलाई सम्मान गर्दै पूर्ण पारिवारिक वातावरणमा ग्राहकमैत्री सेवा प्रदान गरिने उनले जानकारी दिए ।