जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा सरकारी कार्यालयको कागजात चोरी गरेको आरोपमा दुई जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सरकारी कार्यालयको कागजात चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।

गत सोमबार वडा नम्बर ८ नयाँबजारमा स्थित शहरी स्वास्थ प्रवधन केन्द्र रहेको पोखरा महानगरपालिकाको स्टोरको रुपमा रहेको भवनको ताल्चा फोडि महानगरको घर नक्साको अभिलेख चोरी भएको सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले उक्त घटनाको क्रममा चोरी गरि नक्साका फाइलहरु ३९ थान सहित नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा लमजुङ घर भइ हाल वडा नम्बर ९ बस्ने २८ वर्षीय सुबिर थापा र २९ वर्षीय सरोज थापा मगर रहेका छन ।

उनिहरुलाइ चोरी सम्बन्धि कसुरमा अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।