जन्मभुमि खबर ,
पोखरा ।
नेपाल टेलिकमको तार चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी गाउँपालिका–१, सिक्लेसका ३२ वर्षीय नविन सुनार छन् ।
कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको नेपाल टेलिकम कार्यालयको परिसरभित्र राखिएको तामा मिश्रित तार चोरी गरेर लादै गरेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनको साथबाट ११० फिट फाइबर तार बरामद गरिएको छ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।