जन्मभुमि खबर ,
पोखरा ।
पोखराका विभिन्न स्थानहरुमा माग्दै हिड्ने २५ जना व्यक्तिहरुलाई उद्दार गरि मानव सेवा आश्रममा पठाइएको छ ।
वडा प्रहरी कार्यालय बगर कास्की र पोखरा महानगरपालिकाबाट नगर प्रहरी समेतको प्रहरी टोलीले १८ जना पुरुषहरुलाई मानव सेवा आश्रम हेम्जा र ७ जना महिलाहरुलाई मानव सेवा आश्रम छोरेपाटन लगि बुझाईएको छ ।
भिक्षा माग्न कानुनले निषेध गरेकोले पोखराको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सवारी साधनमा पनि भिक्षा माग्न प्रहरीले नदिने , बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बाहनामा वा अन्य
व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न लगाउने कार्यलाई रोक लगाइएको छ |
बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न प्रहरीले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको छ ।