जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँचथरमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार ३५ वर्षीय पाण्डवकुमार माझीको मृत्यु भएको हो ।

कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुमित कुसुवाहले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान–४ का माझी गोपेटारमा कार्यरत थिए ।