जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दीपक मनाङेले लिए मन्त्रीको शपथ

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई आइतबार दिउँसो शपथ गराएका हुन् ।

उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिएका छन् ।

मनाङ `ख´ बाट निर्वाचित उनी चौथोपटक मन्त्री बनेका हुन् । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।