जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा रोकिराखेको बसमा कार ठोक्किदा पोखराका ३ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

रोकिराखेको बसमा कार ठोक्किँदा चालकसहित ३ जना घाइते भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सो दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

शनिबार बिहान करिब ८ बजेर २० मिनेट जाँदा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको बाग्मती बी एसी ५७४० नम्बरको कार बसको पछाडिको भागमा ठोक्किन पुगेको थियो । दुर्घटना हुँदा कार चालक पोखरा महानगरपालिका वडा नं. २५ बस्ने ३१ वर्षीय विकास त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका वडा नं. १६ बस्ने ३२ वर्षीय विकास बानियाँ र वडा नं. १९ बस्ने ३१ वर्षीय संजिप भण्डारी घाइते भएका छन् ।

घाइतेहरूको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल तनहुँमा उपचार भइरहेको प्रहरीको भनाई छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि कार्यालयले जानकारी दिएको छ ।