जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् ।

प्रहरीले निजलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित निजलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।