जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा पर्यटक बोकेको बस दुर्घटना , ६ जना चिनियाँ घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट काठमाडौं जादै गरेको पर्यटक बस तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

बा १ प ११३९ नम्बरको पर्यटक बस बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना भएको हो । बसमा २६ यात्रु सवारी थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली घाइते भएका छन् ।

उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।