जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चाैतर्फी आलाेचनापछि गृह मन्त्रालयद्वारा मिडियाको निगरानी गर्ने निर्देशन खारेज

जन्मभुमि खबर ,
पोखरा ।

गृह मन्त्रालयले सञ्चारमाध्यमका विषय निगरानी गर्न र गलत गर्नेलाई कारबाही गर्न भनी प्रमुख जिल्ला अधिकारीहरूलाई दिएकाे निर्देशन खारेज गरेकाे छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय निर्देशनकाे बुँदाबाट हटाइएकाे जानकारी दिएकाे छ ।

७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई गृहले पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो । यसप्रति विराेध जनाउँदै नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेकाे थियाे ।

त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी उक्त निर्देशन फिर्ता लिएइकाे जानकारी दिएकाे हाे ।