जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी सहित केहि प्रदेशमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जन्मभुमि खबर ,
पोखरा ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बदली रही गण्डकी ,कर्णाली, लुम्बिनी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी ,सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती प्रदेशसहित कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।