जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाले डिल्लीराज भट्टले

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । नवनियुक्त प्रदेश प्रमुख भट्टले आइतबार प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

‘प्रदेश प्रमुखको पदमा रहुञ्जेलसम्म इमानदार बन्ने बाचा गर्न चाहन्छु । कानूनको रक्षा गर्दा सबैबाट सहयोग हुने अपेक्षा गरेको छ । गण्डकी प्रदेशको उन्नति, प्रगतीलो कामना गर्दछु’, उनले भने ।

मन्त्रिपरिषद्को फागुन २८ गते बसेको बैठकले भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । भट्ट गण्डकीका पाँचौं प्रदेश प्रमुख हुन् । यसअघि पृथ्वीमान गुरुङ प्रदेश प्रमुख थिए ।