जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा भिरबाट खसेर हाइड्रोका मजदुरको मृत्यु सशस्त्र प्रहरीद्वारा अड्केको शवको उद्धार

जन्मभुमि खबर ,
पोखरा ।

काम गर्ने  क्रममा भिरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घण्टाको प्रयासमा  निकालेको छ।कास्कीको माछापुच्छ्रे गाउँपालिका -१ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने एकजना मजदुर बिहीबार दिउँसो  काम गर्ने क्रममा अचानक भिरबाट ३ सय मिटर तल खसेका थिए । त्यसक्रममा उनले ज्यान गुमाएका थिए।

गोरखाको सहिद लखन गाउँपालिका-२ घर भएका ५० वर्षीय यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका  गणको विशेष विपद् उद्बार टोलीले  डोरीको सहयोगमा निकालेको हो ।

थापाको शवलाई  पोष्टमार्टमका लागि पश्चिमाञ्‍चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाइएको सशस्त्रका केन्द्रीय सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।