जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।

प्रहरीका अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३ महिला र २ पुरुष छन्। उनीहरूको परिचय खुल्न बाँकी छ।

मुग्लिन प्रहरीका अनुसार उक्त ट्याक्सी मुग्लिन पुग्न एक किलाेमिटरअगाडि दुर्घटनामा परेकाे हो।

उनीहरु काठमाडौंमा आफन्तको दाहसंस्कार गोरखा फर्किँदै गरेको बताइन्छ ।