जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कमेडी च्याम्पियनका टिम चढेको गाडी दुर्घटना, विशाल भण्डारीलगायत ६ जना घाइते 

जन्मभुमि खबर ,
पोखरा ।

रियाली शो कमेडी च्याम्पियनको टोली चढेको गाडी बिहीबार भक्तपुरमा दुर्घटनामा परेको छ । उनीहरू सवार बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको रोकिराखेको टिप्परसँग ठोक्किएको प्रहरीले जनाएको छ ।

नगरकोटबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सो कार्यक्रमका निर्देशक विशाल भण्डारीलगायत ६ जना घाइते भएका छन् ।

भण्डारी उपचारपछि डिस्चार्ज भएको समेत बताइएको छ । यस्तै पूजन अधिकारी पनि उपचारपछि डिस्चार्ज भएका छन् । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराईको अस्पतालमा उपचार भइरहेको छ ।