जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमाले कास्कीको अध्यक्षमा बैनबहादुरको प्यानलनै निर्वाचित

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी माधव बाँस्तोलालाई २ सय ४ मतले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित अधिकारीले ५ सय ५१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी बाँस्तोलाले ३ सय ४७ मत प्राप्त गरे ।

अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो भने बाँस्तोलालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन थियो । एमाले कास्कीमा अधिकारी नेतृत्वको प्यानलनै निर्वाचित भएको छ ।

यस्तै, उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवद्वय सन्तु सुवेदी र लालबहादुर परियार निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित बरालले ५ सय २७, सचिवमा निर्वाचित तामाङले ५ सय ९५, उपसचिवमा निर्वाचित सुवेदीले ५ सय १० र परियार ५ सय ८१ मत प्राप्त गरेका छन् ।

बास्तोला समूहबाट उपाध्यक्षमा शिव आचार्य, सचिवमा सुरेन्द्र गुरुङ र उपसचिवमा राधिका शाही योगी र सीता विकले उम्मेदवारी दिएका थिए । निर्वाचनमा ९ सय १४ मत खसेको थियो । मतदान १६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । मतगणना पनि मेसिनबाटै गरिएको थियो ।