जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अझै दुई दिन मौसममा बदली

जन्मभुमि खबर ,
पोखरा ।

पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बुधबार विभिन्न स्थानमा वर्षा भयो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी अझै दुई दिनसम्म पानी पर्ने सम्भावना रहेको बताउँछन् । यद्यपि बुधबारको जस्तो झरी भने नपर्ने उनले बताए । तीन दिन पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको उनले बताए ।

आज कोशी र मधेश प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उनको अनुरोध छ ।