जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अझै केही दिन वर्षा हुने

जन्मभुमि खबर ,
पोखरा ।

पश्चिमी वायुको प्रभावले गण्डकी ,बागमती र कोशी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवास्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो।

“अहिले पोखरा सहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। यो क्रम अझै केही दिन जारी रहनेछ।” मौसमविद् झाले भने।