जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेतीमा बेपत्ता बालकलाई खोज्न आज बाँध खोलिने , सतर्क रहन आग्रह

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको सेती नदीमा हामफालेर बेपत्ता भएका सुमन बास्तोला खोज्न बाँध आज खोलिने भएको छ । फागुन १८ गतेदेखि बेपत्ता भएका पोखरा ११ का १५ वर्षीय बास्तोलालाई फागुन २२ गते नदीको बाँध खोले बहाव बढाउँदा समेत नभेट्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

बिहीबार आज दिउँसो १ बजे पोखरा १६ दीपमा रहेको ड्याम खोलेर खोजी कार्य गरिने कास्की प्रहरीले जनाएकाे छ । ड्याम खोल्दा बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसलाई चनाखो हुन प्रहरीले आग्रह गरेको छ ।