जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

बाँकेमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

२१ वर्षीया शुशिला सुनारको हत्या गरेको आरोपमा उनका श्रीमान् बर्दियाको बाँसगडी नगरपालिका–४ घर भएका २२ वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

विक कोहलपुर नगरपालिका–१४, पार्वतीपुरस्थित होमपाइप कम्पनीमा कार्यरत छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले धारिलो हतियार प्रहार गर्दा सुनार गम्भीर घाइते भएकी थिइन् । सुनारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।