जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेकपा एकीकृत समाजवादी त्यागेर पुन स्वतन्त्रमा फर्किए दीपक मनाङे

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकीका निर्विरोध निर्वाचित प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा (एकीकृत समाजवादी) त्यागेका छन ।

स्वतन्त्र चुनाव जितेपछि उनी एकीकृत समाजवादीमा लागेका थिए । तर, उनले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् ।

“स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।