जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ६ स्थानमा चोरी गर्ने पेशेवर चोर पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा लेकसाइड स्थित छुट्टाछुट्टै ६ स्थानका चोरी गर्ने पेशेवर चोर पक्राउ अन्तत पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पोखरा महानगपालिका वडा नं. १४ बस्ने २१ बर्षीय दिपेश परियार रहेका छन । उनी कोठामा लुकिछिपी बसिरहेको अवस्थामा चोरी गरेको २ थान ट्याबलेट सहित पक्राउ परेका थिए ।

= परियारले माघ १ गते बिहान अन्दाजी ५:१५ बजेको समयमा वडा नम्बर ६ लेकसाइड स्थित सोल ओरिजिन क्याफेबाट रु दश हजार , वाईन,सुर्य चुरोट,लेनोभो कम्पनीको ट्याब थान-२,समेत जम्मा रु ८७,५२५/-बराबरको धनमाल चोरी गरेका थिए ।

= माघ १३ गते बिहान अन्दाजी २ बजेको समयमा वडा नम्बर ५ मा रहेको प्रतिक गुरुङले संचालन गरेको कपि बक्स क्याफेबाट रु प्रन्ध हजार , ४ बन्डल सुर्य चुरोट , सामसुङ कम्पनीको ट्याबलेट १ थान , १२ थान जिप्पो लाइटर गरि उन्नानब्य एक सय बराबरको धनमाल चोरी गरेका थिए ।

= माघ १३ गते नै रातको समयमा जिल्ला वडा नम्बर ६ स्थित सेन्टर प्वाईन्ट स्थितमा रहेको रेष्ट्रो लज बार भित्रबाट नगद रु.३५,०००/-,सुर्य चुरोटमसेत जम्मा रु.३५,९६०/- बराबरको धनमाल चोरी गरेको गरेका थिए ।

= माघ १६ गते बिहान अन्दाजी ४ बजेको समयमा लेकसाइडमा रहेको एलिज क्याफेबाट रकम रु दुई हजार , गितार १ थान १ सुर्य चुरोट समेत रु बाह्र हजार बराबरको धनमाल चोरी गरेको गरेका थिए ।

= माघ १६ गते बिहान अन्दाजी ३:५० बजेको समयमा लेकसाइड फुलट्र्याक मा रहेको सोप्निल दरबारबाट रेड लेबल ,
ब्यालेक लेबन रक्सी एक थान, एक थान ओल्ड दरबार रक्सी, सुर्य चुरोट समेत जम्मा रु.२७,२८० बराबरको धनमाल चोरी गरेका थिए ।

= यसैगरी माघ १६ गते नै बिहान अन्दाजी बिहान ३:५० बजेको समयमा लेकसाइडमा रहेको टोनिक लज एण्ड बारबाट नगद रु तेह्र हजार , खुकुरी रम सुर्य चुरोट समेत गरि पैतिस हजार नौ सय साठी बराबरको धनमाल चोरी गरेको गरेका थिए ।

दिपेशले छ ओटै स्थानमा आफैंले चोरी गरेको स्वकारी सकेको र चोरी तथा डाँका सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

निजको साथबाट चोरी गरेका सामान