जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा लेनदेन मुद्धामा फरार र लागुऔषधमुद्धाका फरार प्रतिवादी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लेनदेन मुद्धामा फरार रहेकी दीपा लामिछानेलाई प्रकाउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले लामिछानेलाई  (मंगलबार) प्रकाउ गरेको हो ।

जिल्ला अदालत कास्कीले २०८०-१०-५ गते बिगो लेनदेन मुद्धामा पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ४४ वर्षीय दीपा लामिछानेलाई १ वर्ष कैद सजाय तोकेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधमुद्धाका फरार प्रतिवादी २६ वर्षीय रितिक परियारलाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले परियारलाई  (मंगलबार) प्रकाउ गरेको हो ।

जिल्ला अदालत कास्कीले परियारलाई गएको असोज १५ गते लागूऔषध मुद्धामा १ वर्ष ७ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना फैसाल गरेको थियो ।

अदालतले कैद र जरिवाना फैसला गरेपछि पोखरा महानगरपालिका २० स्थायी घर भई पोखरा–१६ दीप बस्ने परियार ४ महिनापछि प्रकाउ परेका हुन् ।