जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा नदिजन्य पदार्थ चोरी निकासी गर्ने २ साधन प्रहरीको नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने दुईवटा टिप्परलाई लाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ बाट नदिजन्य पदार्थ ढुङ्गा , गिट्टी , बालुवा ओसारपसार गर्दै गरेका ग १ ख ८५८६ नम्बरको मिनि टिप्पर र बा २ ख ३०४६ नम्बरको टिप्परलाई प्रहरी टोलिले नियन्त्रणमा लिइएको हो ।

थप अनुसन्धानका लागि टिप्परलाई अनुसन्धानका लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरा र आन्तरिक राजश्व कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।