जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलाको चार सयले घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनमा तोलाको चार सय रुपैयाँ र चाँदीमा पाँच रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ हुँदा चाँदी पाँच रुपैयाँले घटेर तोलाको १ हजार ३९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।