जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिमसार दिवसको अवसरमा फेवातालमा माछाका भुरा छोडियो

जन्मभुमि खबर ,
पोखरा ।

विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ ।

शुक्रबार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखरास्थित फेवातालमा माछाका भुराहरु छोेडिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताए । उनले जलाहारीहरु समुदायका लागि शुक्रबार धान रोपाईंको दिन भएको बताए । फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने बताए । उनले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुशी लागेको बताए ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेशामा आवद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताए । उनले फेवातालमा विभिन्न प्रजातिका भुरा माछाहरु छोडेको र यसले फेवा तालको सौन्दर्यतासँगै जलाहरी समुदायको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताए ।

अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको नेट पनि व्यवस्था गरेको बताए ।