जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्रमिलन सहकारी ठगी प्रकरण : पुर्वअध्यक्ष राउत धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

मित्रमिलन सहकारीको रकम अपचलन आरोप लागेपछि पक्राउ पुर्जी जारी भएका पुर्व अध्यक्ष कृष्णबहादुर राउत अदालतमा आफैँ उपस्थित भएका छन् ।

उनलाई जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गरेको छ । न्यायाधीश बसन्तजंग थापाको इजलासले उनलाई १२ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी २०७३ सालमा दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नो कार्यकालमा राउतले अनावश्यक खर्च गरेर सहकारीलाई नोक्सान पुर्‍याएको तथा फेक लोन तयार गरेर ऋण प्रवाह गरेको आरोप छ ।