जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्रमिलन सहकारी ठगी प्रकरण : सहप्राध्यापक भण्डारी ७ लाख धरौटीमा रिहा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ९ नयाँबजारमा रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहप्राध्यापक धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले विष्णुप्रसाद भण्डारीलाई ७ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको हो ।

मित्रमिलन सहकारी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पोखराको पृथ्वीनारायण क्याम्पस पोखराका सह-प्राध्यापक भण्डारी थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए ।

उनलाई सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप थियो । भण्डारीले भने आफूलाई जानकारी नै नदिइ कीर्ते गरेर फसाइएको बताउँदै आएका थिए ।

भण्डारीलाई सोमबार साँझ मालेपाटन ( कुलाको डिल ) बाट पक्राउ गरिएको थियो ।

मित्रमिलन सहकारी ठगी प्रकरण : सहप्राध्यापक भण्डारी पक्राउ