जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मित्रमिलन सहकारी ठगी प्रकरण : पत्रकार गिरि पुर्पक्षका लागि कारागार चलान

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ९ नयाँबजारमा रहेको मित्र मिलन सहकारी ठगी अभियोगका आरोपित ताण्डव न्यूजका सम्पादक पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन ।

गिरीलाई सहकारी ठगी प्रकरणमा जिल्ला न्यायाधीश रामचन्द्र शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

मित्रमिलन सहकारीको लेखा समितिका पूर्वसदस्यसमेत रहेका गिरीलाई मित्रमिलन सहकारीको रकम ताण्डव न्यूज पत्रिका, रेस्टुरेन्ट र घरमासमेत लगाएको आरोप थियो ।

गिरी नेकपा (एमाले) कास्की जिल्ला कमिटी सदस्य एवम् पोखरा २१ का वडा इन्चार्जसमेत छन् । उनी प्रेस चौतारी कास्की अध्यक्षसमेत हुन् ।

गत मंसिरमै पक्राउ पुर्जी जारी भएपछि फरार भएका गिरी बुधबार अदालतमा आफैं उपस्थित भएका थिए । बुधबार थुनछेक नसकिएपछि हिरासतमा पठाइएको थियो भने बिहीबार पुनः थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सहकारीका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामा छन् । २२ जना अझै फरार छन् ।

सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।

सम्बन्धित समाचारहरु :

वडाध्यक्ष सुवेदी रिहालगत्तै ठगी मुद्दामा पुन: पक्राउ

मित्रमिलन सहकारी ठगी प्रकरण : वडाध्यक्ष सुवेदी ८ लाख धरौटीमा रिहा

मित्र मिलन सहकारी ठगी प्रकरण : पराजुली धरौटीमा रिहा