बढ्यो सुनको मुल्य
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा बिहीबार सुनको बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।