जन्मभुमि खबर ,
पोखरा ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।
निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।
भाउ बढेसँगै पोखरामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।
यसअघि निगमले माघ १७ गते इन्धनको मूल्य बढाएको थियो ।