जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फागुन १ को ‘जनयुद्ध दिवस’ बिदा बदर

जन्मभुमि खबर ,
पोखरा ।

सर्वोच्च अदालतले सरकारले जनयुद्ध दिवस फागुन १ गतेका लागि दिएको सार्वजनिक बिदा बदर गरिदिएको सूचना जारी गरेको छ ।

अदालतको गत पुस १३ गतेको फैसलाबाट उक्त बिदा बदर भएको सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ । अदालतको गत पुस १३ गतेको उत्प्रेषणको आदेशद्वारा उक्त विदा बदर भएको हो ।