जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रसुति गृहबाट हराएको शिशु फेला, शिशु चोर्ने महिला सैनिक जवानकै श्रीमती

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल परिसरबाट चोरी भएको शिशुको काडाँघारीबाट उद्धार भएको छ ।

प्रहरीले शुक्रबार रातिनै शिशु चोर्ने महिला दैलेखकी मनिशा सिंहलाई पनि पक्राउ गरेको छ । प्रहरीस्रोतका अनुसार सीसिटिभी फुजेट पछ्याउँदै महिलाको डेरासम्म पुगेका प्रहरीलाई सुरुमा बच्चा आफ्नै रहेको ढिपी गरेकी थिइन् । साथै उनी समेत सुत्केर जस्तै बनेर बसेकी थिइन् । आफन्तलाई भने बाटोमा बच्चा जन्माएर ल्याएको बताएको देखियो, अनुसन्धानमा खटिएका एक प्रहरीले भने ।

प्रारम्भिक अनुसन्धानबाट लामो समय बच्चा नभएपछि मनकुमारीले बच्चा चोरेको थाहा भएको छ । यसअघि ३ पटक सम्म बच्चा खेर गरेको उनीहरूले प्रहरीसँग स्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘लामो समय बच्चा नभएपछि चोरी गरेको देखिन्छ ।’

शिशु चोर्ने महिलाका श्रीमान नेपाली सेनामा कार्यरत रहेको प्रहरीले जनाएको छ । महिला सहितकाा उनका श्रीमान र दिदिलाई पनि पक्राउ गरेको जनाएको छ ।