जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा आउने पर्यटकहरुलाइ दु:ख हैरानी दिने ९ जना व्यक्ति पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा आउने पर्यटकहरुलाइ दु:ख हैरानी दिने ९ जना व्यक्ति पक्राउ परेका छन ।

उनीहरुले पृथ्वीचोक,मुस्ताङचोकमा सर्वसाधारण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट पर्यटकहरुलाइ बाटो छेक्ने, झोला तान्ने, होटल मिलाइदिन्छौं भनेर पैसाको बार्गेनिङ गर्नेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमिक्त सूचना अधिकारी प्रहरी निरिक्षक सूर्यबहादुर रानाले बताए ।

पक्राउ पर्नेहरूमा पोखरा ९ बसपार्क बस्ने ४० वर्षका रुपेन्द्र श्रेष्ठ, ३२ वर्षका मोहन आचार्य, ४० वर्षका नारायण अधिकारी, ४४ वर्षका श्याम प्रसाद शर्मा, २५ वर्षका विकास कुँवर, २१ वर्षका विमल ठकुरी र २१ वर्षका विकास श्रेष्ठ छन् । यस्तै, पोखरा १३ पाटनबेसी बस्ने वर्ष २८ का रञ्जन खड्का र १९ वर्षका सविन नेपाली पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको मुद्दामा ५ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।