जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा सुनका गरगहना चोरी गरेको आरोपमा तिन जना युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा सुनका गरगहना चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन ।

वडा नम्बर २६ विजयपुर सम्पदाटोलबाट चोरी गरेका स्याङ्जा फेदिखोला गाउपालिका वडा नं.३ स्थायी घर भई हाल विजयपुर बस्ने २८ वर्षीय विसन रानाभाट , दोलखा भिमेश्वर नगरपालिका वडा नं.२ स्थायी घर भई हाल नयाँबजार बस्ने २६ वर्षीय रोहन प्रधान र तनहुँ शुक्लागण्डकी नगरपालिका ढोरफेदी वडा नं.१० स्थायी घर भई हाल विजयपुर बस्ने २४ वर्षीय अर्जुन नेपाली रहेका छन ।

उनीहरुको साथबाट तिलहरी १ थान, मंगलसुत्र २ थान, झुम्का २ थान, बेरुवा औठी १ थान र जाली औठी १ थान तथा नगद १ लाख १६ हजार रुपैयाँ नगद बरामद गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा दिन पाँच म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी विकले बताए । उनीहरुबिरुद्ध ७ लाख ९६ हजार बराबरको विगोसहित कारवाही प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।