जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा लागु औषध मुद्दाका फरार प्रतिबादी अजय पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट लागु औषध मुद्दाका फरार प्रतिबादी पोखरा १६ लामाचौरका अजय जिसी लाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार वडा प्रहरी कार्यलय बगरबाट खटिएको प्रहरी जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ

जिसीलाई गएको जेठ १९ गते कास्की जिल्ला अदालतले २ बर्ष कैद सजाय र १ लाख ४ हजार जरिवानाको फैसला गरेको थियो ।पक्राउ परेका जिसी लाई प्रहरीले कास्की जिल्ला अदालतमा बुझाएको जनाकारी दिइएको हो ।