जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बिवाह पार्टीमा ब्याग चोर्ने पुरुष पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा बिवाह पार्टीमा ब्याग चोर्ने पुरुष पक्राउ परेका छन ।

माघ २४ गते साँझ ७ बजे पोखरा महानगरपालिका वडा नं.३ शाक्य समाज घरमा (विवाह) मा आएकी महिलाको ब्याग टेवलमा राखेको अवस्थामा अपरिचित व्यक्तिले चोरी गरी फरार भएका थिए ।

त्यसपछि वडा प्रहरी कार्यालय बगरबाट खटिई गएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा सोही दिन राति ८ः४छ बजे नदीपुर नारायणस्थान स्थितबाट बाटुलेचौर बस्न ३५ वर्षीय सञ्जय श्रेष्ठलाई चोरी भएको ब्याग सहित प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको साथबाट चोरीको सामानहरु लेडिज व्याग १ थान, नगद रु १२ हजार पाँच सय, सुनको कानमा लगाउने टप २ थान, सुनको तिलहरी – १ थान, मोवाईल – १ थान र चार्जर एक थान सहित फेला परेको थियो ।

प्रहरीले पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको जनाएको छ ।