जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा टेलिकमको तार चोरी गरेको आरोपमा तिन जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल टेलिकमको कपर केबुलको तारहरू चोरी गरेको आरोपमा प्रहरीले शुक्रबार पोखराबाट एक जना भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ। टेलिकमको तार चोरी गरेको आरोपमा प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल पोखरा ५ पर्स्याङ बस्ने बर्ष २९ को रमेश सार्की, वडा नं २९ पट्नेरी बस्ने बर्ष २१ को बिजय नेपाली र भारतको मोतिहारी जिल्ला स्थायी घर भई हाल पोखरा २७ बस्ने बर्ष ३३ कोफिरोज आलमलाई पक्राउ गरेको हो।

गएको फागुन ८ गते पोखरा महानगरपालिकाको विभिन्न स्थानहरूमा रहेका नेपाल टेलिकमको कपर केबुलका तारहरु चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार जानकारी दिएको छ ।

उनीहरूको साथबाट मुल्य १६ हजार तीन सय ११ रुपैयाँ पर्ने ३५ मिटर तार र १९ किलो नौ सय ५० ग्राम ९पगालेर० राखेको तयारी तामाको तार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। पक्राउ परेका अभियुक्तहरु बिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पहिलोपटक पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।