जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा घरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–२९ बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही महानगरपालिका–२७, तालचोक बस्ने ५६ वर्षीय दलबहादुर गुरूङ सहित , ४० वर्षीय कुम बहादुर गुरुङ , सैनिकबस्ती बस्ने ३३ वर्षीय शान्ता मल्ल ठकुरी , भण्डारढिक बस्ने ३६ वर्षीय सितादेवी गुरुङ , ५७ वर्षीय तुल बहादुर गुरुङ , ५६ वर्षीय भुपाल गुरुङ , ४८ वर्षीय दुर्गा गुरुङ , मोहोरियाटोल बस्ने बर्ष ३७ वर्षीय जिवन शाही रहेका छन ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १९५ रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।