जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कार्यरत सशस्त्रका डिएसपी शौचालयमा महिलाको तस्बिर खिचेको आरोपमा पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

सार्वजनिक स्थानमा महिलाको तस्बिर खिचेको आरोपमा सशस्त्र प्रहरीका एक जना डिएसपी पक्राउ परेका छन् ।

स्वयम्भूमा रहेको न्यु इभान पोइन्ट रेस्टुरेन्टको शौचालयमा महिलाको तस्बिर खिचेको आरोपमा पोखरास्थित नम्बर-४  बाहिनीमा कार्यरत डिएसपी तुलसिंह केसी पक्राउ परेका हुन् ।

महिलाको उजुरीपछि स्वयम्भू प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।