जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कार्यरत युवतीको अश्लील भिडियो खिच्ने डीएसपी धरौटीमा छुटे

जन्मभुमि खबर ,
पोखरा ।

युवतीको अश्लील भिडियो खिचेको आरोप लागेका सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसी थुनामुक्त भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको एकल इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेसँगै उनी थुनामुक्त भएका हुन् । उनीविरुद्ध सरकारी वकिल कार्यालयले आज (सोमबार) मुद्दा दर्ता गरेको थियो ।

चार नम्बर बाहिनी पोखरामा कार्यरत केसी गत फागुन ५ मा स्वयम्भूस्थित न्यू इभन पोईन्ट रेष्टुरेन्ट खाजा खान पुगेकी एक युवतीको गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका थिए ।

उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ ।

उनीविरुद्धको मुद्दा सोमबार अदालतमा दर्ता भएको छ । तर, सशस्त्र मुख्यालयले सशस्त्र प्रहरी बलको आचरणविरुद्ध कार्य गरेको भन्दै निलम्बन गर्न सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ ।

उनीविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार कारबाहीको माग गरिएको छ । उक्त ऐनअनुसार एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ । अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने व्यवस्था छ ।

पोखरामा कार्यरत सशस्त्रका डिएसपी शौचालयमा महिलाको तस्बिर खिचेको आरोपमा पक्राउ