जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट अवैध ६ किलो ६९ ग्राम सुन र ६ किलो चाँदीसहित एक भारतीय पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सुनसहित पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिकलाई मंगलबार पक्राउ गरेको हो ।

उनको साथबाट ६ किलो ६९ ग्राम अवैध सुन बरमद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

सुनसहित ६ किलो चादी र नगद ६२ लाख ८१ हजार बरामद गरिएको थापाले बताए ।

सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने उनले जानकारी दिए । उनका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।