जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको बाल सुधार गृहमा खानाको लाइन बस्दा झडप, ३ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका-१८ ग्यारजातीमा रहेको बाल सुधार गृहमा झडप हुँदा तीनजना घाइते भएका छन् ।

खान खान लाइन बस्ने क्रममा झडप भएको र बागलुङ, स्याङ्जा र म्याग्दीका ३ युवा घाइते भएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी सूर्य रानाले जानकारी दिए । उनीहरूमध्ये २ जनाको टाउकोमा चोट लागेको छ ।

‘उनीहरू मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । अनुसन्धान भइरहेको छ । अन्य कारण केही खुलेको छैन,’ रानाले भने ।

हाल देशभर ८ वटा सुधार गृह छन्, तीमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेको छ । कम उमेर हुँदा राखिएकाहरु १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको जानकारहरु बताउँछन् ।