जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

जन्मभुमि खबर ,
पोखरा ।

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभरको मौसममा बदली भएको छ ।

सो मौसम प्रणालीका कारण आइतबार गण्डकी , बागमती, लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसोसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशको तराईमा मात्र मौसम सफा रहेको छ भने साधारणतया बाँकी स्थानको मौसम बदली रहेको छ ।

विगत २४ घण्टामा गण्डकी ,सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सोमबार साँझदेखि क्रमशः मौसममा सुधार हुँदै जाने उनले बताइन् ।