जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु, १६ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा १८ च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका–९ गजौडेका १७ वर्षीया तुलसी गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी मोहनबहादुर खाँडका अनुसार आशवीरको घटनास्थलमै र तुलशीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार बिहान ३ः४० बजे मृत्यु भएको हो।

दुर्घटनामा तनहुँको गाउँपालिका -६ का १५ वर्षीय सुबिना गुरुङ, ६७ वर्षीय मन ब.गुरुङ, ३८ वर्षीय सुकमाया गुरुङ, ३८ वर्षीय सुकमाया गुरुङ, ६ वर्षीय एलिसा गुरुङ , १९ वर्षीय सबिता गुरुङ र गाउँपालिका -३ का १० वर्षीय सिसिर गुरुङ रहेका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

आँबुखैरेनी गाउँपालिका -१ का ३८ वर्षीय राजकुमार बश्वकर्मा (चालक), आँबुखैरेनी गाउँपालिका -६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ ,५६ वर्षीय सेर ब.गुरुङ ,३६ वर्षीय आसमाया गुरुङ, १० वर्षीयदीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ ,३६ वर्षीय चिजकुमारी गुरुङ, ३७ वर्षीय सुनिता गुरुङ र आँबुखैरेनी-१० का १८ महिनाको सुसान गुरुङ रहेका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खसेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल तनहुँ र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।