जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ड्याम खोलेर खोज्दा पनि भेटिएन मानवहादुरको शव

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

फागुन १३ गते रातिको समयमा सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दीपमा रहेको सेती सिंचाइ बाँध बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म खोलिएको थियो ।

‘बाँध खोलेर बहाव बढ्दा कहींकतै केही भेटिन्छ कि भन्ने थियो । तर, साँझसम्म खोजी गर्दा पनि केही भेटिएन’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले भने, ‘अहिलेलाई बाँध बन्द गरेका छौं । खोजी कार्य जारी नै छ ।’

भोलि भने बाँध नखोलिने प्रहरी निरीक्षक रानाले जानकारी दिए । ‘अब शुक्रबार स्थानीय र लोकल प्रहरीले खोजी कार्य जारी राख्नुहुन्छ’, उनले भने ।

आज पोखराको सेती नदीमा हराएका मान्छे खोज्न नहर थुनिने , सतर्कता अपनाउन आग्रह