जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिल्ला अदालतबाट हेलमेट चोर्ने गरेको आरोपमा एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । अदालतको गेटबाट लगातार हेलमेट चोरी गर्ने गरेको आरोपमा गोरखाका सञ्जय थापा मगरलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनले आफूले हेलमेट चोरेको स्वीकार गरेका छन् । उनलाई सादा पोसाकमा खटिएका प्रहरी जवानले पक्राउ गरेका हुन् ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत सिंहदरबारमा राखिएको छ ।