जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घरमाथि लरी पल्टिँदा एकै परिवारका दाजुबहिनीसहित तीन जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

मोरङको बुढीगंगा गाउँपालिमा भएको लरी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बुढीगंगा ४ प्रगती टोलमा लहरी दुर्घटना भएर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुने एकै परिवारको दुई जना दाजुबहिनीसहित अर्का एक जना रहेको प्रहरीले जनाएको छ।

बुढीगंगा गाउँपालिका ४ का ६० वर्षीय ज्योती अधिकारीको चार वर्षीय छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासको ८ वर्षीया छोरी रिहा खवास मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । उनीहरु सुतेको बेला लरी गाडी पल्टिँएर ठुलो ढु‌ंगाले किचेर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्योती अधिकारी र सन्जु खवास घाइते भएका छन् । उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

आज विहान कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी बुढीगंगा ४ प्रगती टोलमा दुर्घटना भएको थियो । दुर्घटना भएर पल्टिएको लहरी ज्योतीको घरमा पल्टिएको प्रहरीले जनाएको छ । पल्टिएको लहरीले थिचेर तीन जना बालवालिकाको घटनास्थलमा मृत्यु भएको हो ।